काठमाडौं , ५ जेठ । काकडभिट्टाबाट काठमाडौंतर्फ आउदै गरेको ना ७ ख ४३८७ नम्बरको त्रिशूलीमा खस्दा ५ जनाको मृत्यु भएको छ । बस धादिङको गजुरी गाउँपालिका ६ बनठेटारबाट नदीमा खसेको थियो ।

accdent tदुर्घटनामा परी मृत्यु हुनेमा चन्द्रागिरी नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौँ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेका छन् । दुई जनाको सनाखत हुन सकेको छैन।

दुर्घटनामा २९ जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय गजुरिका प्रमुख नबराज ढुङ्गेलका अनुसार घाइतेको उद्धार सकियो । २९ घाइते लाई गजुरिमा सामान्य उपचार पछि काठमाडौं पठाइएको छ । १५ जनाको अवस्था गम्भीर रहेको छ ।