दाङ, ५ जेठ । प्रदेश ५ सरकारले स्वरोजगारमुलक कार्यक्रम सञ्चालनमा ल्याएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत प्रदेशका ३५ स्थानीय तहमा स्वरोजगारमुलक कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

60392931_611677292683127_5492051977921626112_nविकासका हिसावले पछाडि परेका गाउँपालिकाहरुमा सुरुभएको कार्यक्रमअन्तर्गत युवाहरुले धमाधम सीपमुलक तालिम लिइरहेका छन् । यसैबीच आइतबारदेखि दाङको घोराहीमा मोटरसाइकल मर्मत तालिम सुरु भएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सिफारिस तथा कार्यान्वयन समिति राजपुरको सहयोग एवं दाङ सुचना तथा अध्ययन केन्द्र घोराहीको आयोजनामा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले युवाहरुलाई स्वरोजगार बनाउने अभियानमा सरकार लागि परेको बताए । असार ३ गतेसम्म सञ्चालन हुने तालिममा राजपुर गाउँपालिकाका १४ जना युवाहरुको सहभागी छन् ।