काठमाडौँ , ५ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता पक्रियाको बाँकी काम टुङ्गो लाग्दैछ । जसका लागि आज आइतबार सचिवालयको बैठक आव्हान गरिएको छ ।
एकता घोषणा भएको एक वर्ष पूरा भए पनि एकता प्रक्रियाका केही काम टुङ्गो लगाउन सचिवालय बैठक आव्हान गरिएको बताइएको छ ।
यसअघि बिहीबार बसेको सचिवालय बैठकले पार्टीको जनवर्गीय सङ्गठनको नेतृत्वबारेमा सहमति जुटाएको थियो ।
आज बस्ने बैठकले पोलिटव्युरो कमिटीमा रहने सदस्य, केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी, पार्टी आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे छलफल भई निर्णय गर्ने एजेन्डा रहेको नेकपाले जनाएको छ ।
