देशमा शैक्षिक बेरोजगारीको अन्त्य गरि आम युवा बिद्यार्थीहरुलाई स्वरोजगार गराउने लक्ष्य राखी देशभर आफ्ना आंगिक शिक्षालयहरु बिस्तार गरिरहेको प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालिम परिषदले बिभिन्न सरकारी बिद्यालयलाई विभिन्न विषयका कक्षा संचालन गर्न अनुमति दिएर ,साझेदारी रुपमा शिक्षालय संचालन गरेर र निजि क्षेत्रलाई विभिन्न विषयका कक्षाहरु संचालनका लागि अनुमति दिएर पनि नेपालमा शैक्षिक बेरोजगारी हटाएर गरिव तथा बिपन्न बर्गका आम बिद्यार्थीहरुलाई व्याबहारिक तथा व्यावसायीक शिक्षा प्रदान गरि स्वरोजगार गर्न विभिन्न स्थानमा ऋत्भ्ख्त् अग्रणी देखिएको छ । देशमा नयाँ संबिधान निर्माण भइ कार्यन्वयन भएपछी समग्र बिकास भइरहेका बेला दुर दराजमा प्रदान गरिने व्यावसायीक शिक्षाले ग्रामिण क्षेत्रका बिद्यार्थीहरुलाई परिवर्तनको अनुभूत गराइरहेका बेला पश्चिम नेपालका आम बिद्यार्थी हरुलाई सर्बशुलभ तरिकाले व्याबहारिक शिक्षा दिने उद्देश्यले दाङमा शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय स्थापना गरिएको छ । प्रस्तुत छ यसै शिक्षालयको समसामयीक बिषयमा हाम्रा दाङ सम्बाददाता केशरमान बुढाथोकीले शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराही दाङका शिक्षालय प्रमुख यादव सुवेदी संग गर्नुभएको समसामयीक संवादको सार संक्षेप ।

१ ) शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय कस्तो शिक्षालय हो ?
यो शिक्षालय प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालिम परिषदको आफ्नै आंगिक शिक्षालय हो । जसको स्वीकृती मिति २ं०७५ साल भाद्र महिनामा परिषदको बोर्ड बैठकबाट निर्णय भएर यसको स्थापना भएको हो ।जसमा बिभिन्न बिषयहरुमा प्रशिक्षण गराईन्छ ।

२ ) यसमा कस्ता विद्यार्थीले अध्ययन गर्न पाउछन ?
 यसमा मुख्य गरि बिपन्न बर्गका ब्यक्तिहरु र आर्थिक अबस्था कमजोर भएका बिद्यार्थीहरुले पढ्न पाउनुका साथै एस.ई.ई.मा अंग्रेजी,गणित र बिज्ञान बिषय मध्ये २ बिषयमा सि ग्रेड र १ बिषयमा डि प्लस ल्याउनेले प्रबेश परिक्षा दिएर उत्तिर्ण गरि मेरीट बेसिसका आधारमा भर्ना हुन पाउने प्राबधान रहेको छ ।

३ ) यो कत्तिको खर्चिलो छ ?
 यो सरकारी आगिक शिक्षालय भएकोले अत्यन्तै न्युन शुल्कमा पढ्न पाईन्छ ।यसको ३ बर्षको शुल्क जम्मा ९०,००० छ । र १० प्रतिशत बिद्यार्थीहरुलाई नि शुल्क छात्रबृतिमा पढाउनुका साथै यसमा पनि यस बर्ष शुल्क पुनराबलोकन गरि शुल्क घटाउने तयारीमा छौ ।

४ ) यसलाई कसरी स्थापित गर्नुभयो ?
 नेपाल सरकारले देशका बिभिन्न स्थानहरुमा प्राबिधिक शिक्षाको बिकास र बिस्तार गर्ने भन्ने उदेश्य अनुरुप प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालीम परिषदले आफनो आंगिक शिक्षालयहरु बिस्तार गर्ने क्रममा यो शिक्षालय पनि दाङको घोराहीमा स्थापना हुन गएको हो ।

५ ) स्थानीय तथा नेपाल सरकार बाट कत्तिको सहयोग पाउनुभयो ?
 यो शिक्षालय स्थापनाका लागि नेपाल सरकार शिक्षा मन्त्रालय,प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालीम परिषद र स्थानिय सरकार अन्र्तगत घोराही उप महानगरपालीकाको बिशेष सहयोगमा कर्जाही स्थित श्री प्रा.बि.को भबन र उक्त बिद्यालयको जमिन समेत यस शिक्षालयलाई उपलब्ध गराउन आबश्यक पहल गरि दिनु हुने मेयर ज्यु, बिभिन्न राजनितिक दलका नेता ज्युहरु तथा स्थानिय बासिन्दाहरुको सहयोगमा पहिलो बर्षमा नै कक्षा संचालन गर्न सफल भएका हौ । हाल सासद बिकास कोषको १५ लाखमा २ कोठे भबन बन्दैछ भने नेपाल सरकार र सिटिईभिटीको आन्तरिक बजेटबाट ८ कोठे ल्याब तथा कक्षा कोठाका लागि टेन्डर आब्हान भै सकेको अब२था छ ।यसरी हेर्दा सबैतिरबाट पुर्ण सहयोग प्राप्त भएको अबस्था छ ।

krishna se (1)

६ ) हाल कुनकुन बिषय चलिरहेका छन् ?
 हाल घ बर्षे डिप्लोमा ईन फरेष्ट्री नेपाल सरकारको बिशेष छात्रबृति कार्यक्रम अन्र्तगतको घ बर्षे डिप्लोमा ईन फुड एण्ड डेरी टेक्नोलोजी बिषयको पढाई संचालन भईरहेको छ ।

७ ) अब कुनै बिषयहरु थप हुन्छन त ?
 यस शिक्षालयले गत बर्ष नै घ वटा बिषयहरु संचालन गर्ने अनुमति पाईसकेको छ,जसमध्ये बन बिज्ञान,होटेल म्यानेजमेन्ट र फुड एण्ड डेरी टेक्नोलोजी बिषयहरु हुन,समयको माग संगै यस क्षेत्रमा संचालन नभएको नयां बिषयहरुमा फार्मेसी बिषय अध्यापन गराउने सोचमा छौ किनकी यसको प्रयोगात्मक अभ्यासका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पताल तुल्सीपुर पनि नजिक भएकाले प्रयोगात्मक अभ्यास गराउन पनि सजिलो हुने र प्रयोगात्मक सिप बिकासका लागि नेपालगंज स्थित फर्माक्युटिकल्सहरुमा पनि लैजान सकिने र आफ्नै संरचना पनि तयार हुदै गरेकोले यो बिषयका बारेमा पनि तयारी गर्दैछौ ।साथै स्थानियको माग अनुसार सबैसंग छलफल गरि अन्य कार्यक्रमहरु पनि थप्दै लैजाने सोचमा छौ ।

८ ) यो शिक्षालय नमुना शिक्षालयमा पर्यो रे भन्ने सुनिन्छ नि यो कसरी सम्भव भयो ?
 नेपाल सरकारले प्रत्येक प्रदेशहरुमा एक एक वटा नमुना शिक्षालय बनाउने उदेश्य राखेको थियो र सोही अनुरुप प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालीम परिषदको परिषद बोर्ड बैठकले ५ नं प्रदेश अन्र्तगत दाङको घोराहीमा रहेको यस शिक्षालयलाई नमुना शिक्षालयको रुपमा छनौट गरेको हो । नमुना शिक्षालय पर्न गएकोले नेपाल सरकार शिक्षा मन्त्रालय र प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालीम परिषदलाई बिशेष धन्यबाद ज्ञापन गर्न चाहन्छौ ।

९ )शिक्षालयका आगामी कार्यक्रमहरु के हुन् ?
 मुख्य गरि यस क्षेत्र भित्रका युवाहरु जो एसइइ पछि प्राबिधिक शिक्षा अध्ययन गर्न चाहन्छन,उनिहरुलाई यस कलेजमा नै गुणस्तरिय प्राबिधिक शिक्षा प्रदान गर्ने र बिभिन्न बिषयमा छोटो अबधिका सिपमुलक स्वरोजगारमुलक तालिमहरु प्रदान गर्ने र बजारको माग र अभिभाबकको माग बमोजिम अहिलेको आबश्यकतालाई मध्येनजर राख्दै बिषयहरु थप गर्दै अगाडी बढने नै हो ।जसका लागि हामीहरुलाई सबैको सहयोगको खाचो पर्दछ, त्यसैले सबैसंग समन्वय गर्दै यस ठाउमा नै गुणस्तरीय शिक्षा प्रदान गर्ने गरि नमुना प्राबिधिक शिक्षालय बनाउने लक्षमा छौ ।

१० ) यस शिक्षालय बाट गरिव तथा बिपन्न बर्गका विद्यार्थीहरुका लागि कस्तो योजना छ ?
 नेपाल सरकारले नै प्रत्येक बर्ष अति बिपन्न,दलित,मुस्लिम, कमैया, हलैया र द्धन्द पिडिीतहरुका लागि बिशेष छात्रबृति कार्यक्रम अन्र्तगत निशुल्क प्राबिधिक शिक्षाहरु प्रदान गर्दै आईरहेको छ, साथै सिटिईभिटिीले पनि सबै कलेजहरुमा १० प्रतिशत छात्रबृतिमा पढाउनु पर्ने प्राबधान राखेको छ,सोही अनुरुप नै हामीहरुले पनि छात्रबृतिमा पढाउदै आएका छौ,यसै बर्ष देखी घ बर्षे फुड एण्ड डेरी टेक्नोलोजी बिषयका ४० जना बिद्यार्थीहरुलाई निशुल्क अध्यापन गराई रहेका छौ ।जसमा ७ वटै प्रदेशबाट छनौट भई यस शिक्षालयमा अध्ययनरत छन ।

११ ) यस्ता शिक्षालयहरु नेपालमा कति छन् ?
 हाल सिटिईभिटीको आफ्नै आंगिक शिक्षालयहरुको संख्या ४५ पुगेको छ ।त्यसै गरि सामुदायिक बिद्यालयमा प्राबिधिक शिक्षा कार्यक्रम अन्र्तगत देशका बिभिन्न स्थानहरुमा घ९७ वटा बिद्यालयहरुमा बिस्तार भई प्राबिधिक शिक्षा संचालन भईरहेका छन भने निजि स्तरमा संचालन गर्ने ४२९ शिक्षालयहरु छन, साथै ५ वटा साझेदारी मोडेलमा संचालित छन ।यसरी देश भरि जम्मा ८७६ वटा शिक्षालयहरु संचालनमा रहेका छन् ।

१२ ) प्राबिधिक शिक्षालयले नेपालमा शैक्षिक बेरोजगारी संख्या हटाउन अझै के गर्नुपर्छ जस्तो लाग्छ ?
 नेपाल सरकारबाट पनि प्राबिधिक शिक्षाको बिकास र बिस्तारमा निकै ध्यान दिएको देखिन्छ,मुख्य गरि देशलाई आबश्यक पर्ने दक्ष प्राबिधिक जनशक्तिहरु स्वदेश मै उत्पादन गरि स्वदेश मै रोजगारीका अबसरहरु सृजना गर्नुृ र स्वरोजगारमुलक तालिम प्रदान गरि युबाहरुलाई स्वरोजगार तर्फ उन्मुख गराउनु पर्दछ । बिभिन्न ब्यबसायमुलक सिप प्रदान गरि ब्यबसाय गर्न तर्फ उन्मुख गराई ब्यबसायका लागि ऋणको ब्यबस्था मिलाउनु आबश्यक छ । जसबाट सिपलाइ श्रमसंग, श्रमलाई उत्पादन संग र उत्पादनलाई रोजगारी संग जोडि आयआर्जन गरि जिबनस्तर माथी उठाउन सक्षम बनाउन सकिनेछ् ।

१३ ) समय र संवादका लागि धन्यवाद ।
 धन्यवाद हजुर तथा हजुरको संचार माध्यमलाई हाम्रो शिक्षालयको बारेमा समसामयीक बिषयमा कुरा राख्ने अवसर दिनुभयो ।

दैनिक लुम्बिनीबाट साभार