इन्द्रेणी संवाददाता
२४, चैत्र, सल्यान ।
सल्यानको धनवाङ ८ स्थित कालिका सामुदायीक वनमा लागेको डढेलो नियन्त्रण वाहिर गएको छ । आज दिउँसो करिव २ बजेतीर लागेको डढेलो नियन्त्रण वाहिर रहेको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।
aagoडढेलो वडा नम्बर ४ र ५ मा रहेको वस्तीमा पनि फैलने सक्ने सम्भावना धेरै भएकाले सचेत बन्न प्रहरीले अनुरोध गरेको छ । डढेलो निभाउनका लागी प्रहरी चौकी कपुरकोटका प्रहरी हवल्दार बलदेव भट्राइको नेतृत्वमा ३ जना प्रहरी र वन उपभोक्ता तथा स्थानीयले प्रयास जारि राखेको प्रहरी सहायक निरिक्षक झक बहादुर कवरले जानकारि दिनुभयो ।

वन समूहको खण्ड नम्बर ३, १० र १२ मा डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागी प्रहरीले छिमेकी गाउँका सम्पूर्ण स्थानीयलाइ सहयोगका लागी अनुरोध गरेको छ ।।