काठमाडौ, २५ वैशाख । राष्ट्रियसभाका सांसदले आवश्यक बजेट र चिकित्सकको व्यवस्था गरी राप्ती अस्पताल सञ्चालनमा ल्याउन माग गरेका छन् ।

rapti swasthya bigyanराष्ट्रियसभाको आजको बैठकको शूल्य समयमा सांसद अनिता देवकोटाले रुकुम, रोल्पा, सल्यान, दाङलगायत जिल्लाका जनताको उपचार हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारका लागि आवश्यक बजेट माग गरेका हुन् ।

सांसद कोमल ओलीले चिकित्सक र बजेटको अभावमा राप्ती अस्पताल सञ्चालनमा समस्या देखिएको बताउँदै त्यहाँका जनताको उपचार गर्ने वातावरण तत्काल बनाइनुपर्नेमा जोड दिए ।

सांसद कविता बोगटीले हुम्ला जिल्लाका साथै कर्णाली प्रदेशमा कर्मचारी अभावले जनताको दैनिक काममा अवरोध भइरहेको उल्लेख गर्दै आवश्यक कर्मचारी तत्काल व्यवस्था गर्न माग गरिन् ।

सांसद खिमकुमार विश्वकर्माले समाजमा पिछडिएर रहेको दलितको बारेमा गृहमन्त्रीले दिएको आश्वासन पूरा नभएको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयमा दलितको मुद्दा हेर्ने कक्षको व्यवस्था गर्न माग गरे ।
रासस