काठमाडौ १७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई समय सापेक्ष संशोधन गर्न सकिने बताएका छन् ।

parcandमङ्गलबार प्रचण्ड निवास खुमलटारमामा प्रदेश नम्बर २ मा मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले  संविधान गतिशील दस्तावेज भएकोले उल्लेख गर्दै जनतालाई बढि भन्दा बढि अधिकार दिनका लागि आफूले संविधान संशोधन गराउन प्रयत्न गरेको बताए ।

सबैैतिर जनताले विकासको अनुभूति गरुन् भन्ने चाहना आफूहरुको रहेको भन्दै मधेश क्षेत्रमा बिशेष कार्यक्रम ल्याउने तयारी भइरहेको उनले बताए ।