दाङ, १५ बैशाख । दाङको तुलसीपुर ६ हात्तीखौवामा वस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । आज दिउँसो तुलसीपुुरबाट विराटनगरतर्फ जाँदै गरेको ना ५ ख २२३४ नम्बरको वस सडकबाट तल खस्दा ४ जना घाइतै भएका हुन् ।
दुर्घटनामा घाइते हुनेमा दंगीशरण गाउँपालिका २ का जमुना ओली, ववई गाउँपालिका २ कै सीताराम ओली, तुलसीपुर ५ का यज्ञबहादुर विक र सल्यानका गेहेन्द्र बस्नेत रहेको प्रहरीले जनाएको छ । घटनाको थप अय क्षति आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।











