सिमिकोट, १५ बैशाख । अज्ञात रोगबाट हुम्लामा ९ जनाको ज्यान गएको छ । रोगका कारण ९ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा आज रोग प्रभावित ताजाकोट गाउँपालिकामा हेलिकप्टर पठाएको छ ।

bara

Photo file

सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धारको काम गरिरहेको सामाजिक विकास मन्त्री दल रावलले बताए । ताजाकोटमा बिरामीलाई औषधि र रोग फैलिन नदिनका लागि प्रदेश सरकार लागिपरेको उनले बताए ।

रोगबाट शनिबार बिहान मात्रै ताजाकोट–१, जिमानागाउँका ५५ वर्षीय वीरबल रिठालको मृत्यु भएको थियो भने यसअघि शुक्रबारसम्म ७५ वर्षीया कुसुमा रिठाल, ६० वर्षीय शुरजीत खड्का, वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षीया सुनकेसा सुनार छन् । यस्तै वडा नं ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जीव थापाको पनि ज्यान गएको थियो ।