काठमाडौंँ, १३ वैशाख । नेपाली कांँग्रेसका २८ केन्द्रीय र २२ प्रदेशका गरी ५० वटा विभागहरू नेतृत्वविहीन छन् । विधानमा पार्टीको सङ्गठन बलियो बनाउन विभागहरू गठन गर्ने उल्लेख छ तर १३ औँ महाधिवेशन भएको तीन वर्ष बित्दासमेत गठन छैनन् ।
पछिल्लो महाधिवेशनपछि काँग्रेसले देशको संविधान र संरचना अनुसार विधान संशोधन गरेको थियो । विधानमा केन्द्रमा २८ र प्रदेशमा २२ वटा विभाग गठन गर्न सकिने प्रावधान छ । पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले विभाग छिट्टै गठन हुने विश्वास व्यक्त गरे ।











