इन्द्रेणी संवाददाता
दाङ, १९ चैत । दाङमा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १४ गोरखा बोडिङ स्कूल नजिकै सोही ठाउँ वस्ने ३८ वर्षिय प्रकाश आचार्यको मृत्यु भएको हो ।

IMG_7935आज विहान करीव साढे ६ बजेको समयमा आफै चलाएको रा ४ प ३८२२ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा आचार्यको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । निजको शव दाजु पवन आचार्यको जिम्मा लगाइएको पनि प्रहरीले जनाएको छ ।