चितवन, १२ चैत। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खसेको छ । दुर्घटनामा परी तीन घाइते भएका छन् ।

Photo File
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको ना ५ ख ३६८२ नम्बरको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो ।
घाइतेमध्ये गम्भीर रहेका तनहुँको दमौलीका अन्दाजी २५ वर्षीय निशान परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुईको अवस्था सामान्य रहेको छ ।










