हुम्ला, १२ चैत । युवतीलाई जबरजस्ती यौन दुर्व्यवहार गर्ने एक जना युवक प्रहरी नियन्त्रणमा रहेका छन् । यौन दुर्व्यवहार गरेको उजुरी पिडित युवतीले प्रहरीलाई उजुरी दिएपछि उनी प्रहरी नियन्त्रणमा रहेका हुन ।

balatkari-pakrauयसरी बलात्कारको आरोपमा प्रहरी नियन्त्रणमा रहनेमा सर्केगार्ड गाउँपालिका वडा नम्बर १ का सुवास रावत रहेको प्रहरी नायव उपरव्क्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

घटना हुम्लामै भए पनि पिडित पक्षले उजुरी दिएपछि आरोपी रावतलाई काठमाडौं प्रहरीे परिसरले पक्राउ गरेर हुम्ला पठाएको हो । निजका बारेमा थप अनुसन्धान भइ रहेको छ ।