इन्द्रेणी संवाददाता
दाङ, १० चैत । संघीय सरकारकी सांसद एवं नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी यसपटकको एसईई परीक्षामा सहभागी छन् । गृहजिल्ला दाङबाटै उनले एसईई दिदैछन् ।
आजदेखि शुरु भएको एसईई परीक्षामा उनी तुलसीपुरस्थित सेन्टर मावि तुलसीपुर परीक्षा केन्द्रबाट परीक्षामा सहभागी छन् ।
लामो समय कम्लरी जीवन विताएकी चौधरी राजनीतिकमा छिरेकी थिइन ।
यसअघि पनि संविधान सभामा सभासद समेत भइसकेकी चौधरी औचिारक शिक्षा हासिलका लागि २०७३ सालमा घोराही ४ डाँडागाउँ माविबाट कक्षा ८ मा प्रवेश गरेकी थिइन् ।
तुलसीपुरस्थित सेन्टर मावि तुलसीपुर परीक्षा केन्द्रबाट परीक्षाको कोठा नम्बर ११ मा प्रवेश गर्दा उनी निकै खुशी देखिन्थिन । सांसद चौधरीको परीक्षा नम्बर ०५८८४५३ ग् रहेको छ ।
उता सांसद चौधरीकी १७ वर्षिया छोरी विनुले पनि यसैवर्ष एसईई दिदैछन् । विनुले बाल विद्यालय काठमाडौंबाट एसईई दिँदैछिन् ।

फोटो :सन्तोष दहित











