काठमाडौं, १० चैत । विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश ओलीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले शुक्रबार राति काभ्रेबाट पक्राउ गरेको हो ।
हेमन्त प्रकाश ओली नख्खु बम विस्पोटका प्रमुख ओजनाकार मानिन्छन् । ओलीसँगै धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित लामा, लोकेन्द्र खड्का, सन्जीव कार्की, वेद घिमिरे र विजय श्रेष्ठ पक्राउ परेका हुन् ।
मध्यराति खानीखोलाबाट काठमाडौं आइरहेको बिषेश सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
यसैबीच ओलीसहित ९ जना पक्राउ गरेको विषयमा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तीकारी माओवादी) आपत्ति जनाएको छ ।











