दाङ । सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । तुलसीपुरबाट पश्चिम तर्फ गइरहेको नम्बर नखुलेको बोलेरो गाडीले बिपरित दिशाबाट आइरहेको बा ९७ प ८५६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ नद्रागाउँमा आज बिहानै भएको हो । प्रहरीका अनुसार ठक्कर दिने बोलेरलाई चालकले भगाएका छन् । मृतकको पहिचान हुनसकेको छैन ।











