सन्तोष दहित
घोराही, ८ चैत । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले थारु समुदायलाई शारिरीक श्रम नभई ज्ञानको श्रममा लाग्न आग्रह गरेका छन् । घोराही, ७ घुस्रामा आयोजना गरिएको थारु कल्याणकारिणी सभा दाङको संगठन विस्तार तथा जागरण अभियान कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो कुरामा जोड दिएका हुन् ।
थारु समुदायले सदियो बर्षदेखि शारिरीक श्रम गरेकै कारणले पछि परेको बताउदै चौधरीले अव शारिरीक श्रम गरेर मात्र हाम्रो जिवन सस्तरमा सुधार नआउने भन्दै आफ्नो जिवन स्तरलाई परिवर्तन गर्नलाई ज्ञानको श्रममा लाग्न चौधरीले अनुरोध गरे । उनले भने– ‘हामीले हलो जोत्न, खेत, बारी खन्न, भारी बोक्न तयार हुन्छौं तर, हामीले किताब पढ्ने, ज्ञानगुनका कुरा सिक्ने, नयाँ नयाँ अध्यन गर्नमा कुन्जुसाई गर्छौ, त्यह भएर हामी पछाडी परिरहको छौै ।’
थारु समुदायको बालबालिकाहरु कक्षा १० सम्म पढ्ने र विचैमा छाड्ने गरेको बताउदै अब सवैका अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाई कम्तिमा पनि विए सम्म पढाउनमा ध्यान दिनुपर्ने बताए ।
जेष्ठ नागरिक बेझलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष खोपिराम चौधरी, थारु कल्याणकारिणी सभा दाङको अध्यक्ष भुवन चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद सन्तोष दहित, थारु विद्यार्थी समाजका पुर्व अध्यक्षद्धय केवि चौधरी, विकास चौधरी, थाकस दाङका सचिव प्रकाश चौधरी, जिल्ला सदस्य अशोक चौधरी, महटावा लक्ष्मीमान चौधरी लगायतले आफ्ना विचार राखको थिए ।
यसैगरी संगठन विस्तार कार्यक्रमबाट चीजमान चौधरीको अध्यक्षतामा २१ सदस्यीय घोराही ७ वडा स्तरीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवा चौधरी, सचिवमा शंकर चौधरी, सहसचिवमा कल्बिर चौधरी, कोषाध्यक्षमा शान्ता चौधरी रहेका छन् । त्यसैगरी सदस्यमा विकास चौधरी, जम्भु चौधरी, दीपक चौधरी, पदम चौधरी लगायत रहेका छन् ।











