दाङ, ७ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघको १४ औ साधारणसभाका लागि विभिन्न उपसमिति गठन गरिएको छ । अध्यक्ष नारायणप्रसाद भुसालको संयोकत्वमा हेमराज वन्जाडे र वसन्त जोशी सदस्य रहेको अतिथि सत्कार समिति गठन गरिएको छ ।

DCCi

Photo File

टंकसिंह वुढाथोकीको संयोजत्वमा विन्दु दाहाल, महेन्द्र वुढाथोकी, रामप्रसाद पोख्रेल, धनपति शर्मा सदस्य रहेको मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

त्यसैगरी महासचिव नरेश कार्कीको संयोजकत्वमा सचिव माया पोख्रेल र कोषाध्यक्ष सुशील पोख्रेल सदस्य रहेको प्रतिवेदन तयारी समिति गठन गरिएको छ । कोषाध्यक्ष सुशील पोख्रेलको संयोजत्वमा पिताम्वर शर्मा, मिनराज भाट, छविनारायण गिरी टंकप्रसाद पोख्रेल सदस्य रहेको जलपान व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

अध्यक्ष नारायणप्रसाद भुसालको संयोजकत्वमा वसन्त जोशी, टंकसिंह वुढाथोकी, सुशील पोख्रेल, विन्दु दाहाल सदस्य रहेको सम्मान तथा पुरस्कार छनोट समिति गठन गरिएको छ ।

वैठक संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो संघका महासचिव नरेश कार्कीले जानकारी दिएका छन् । संघको साधारण सभा यही चैत ९ गते हुँदैछ । साधारणसभाको अवसरमा व्यवसायीहरु विच मैत्रीपूर्ण विभिन्न प्रतियोगीता समेत आयोजना गरिएको छ ।