इन्द्रेणी संवाददाता
दाङ, ६ चैत । तराइका जिल्लामा भोली विहीबार मात्रै खेलिने होली पर्वलाई शान्तिपूर्ण र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय दाङले सबैमा आग्रह गरेको छ ।

holi-ayoआज एक विज्ञप्ति जारी गर्दै होली पर्व एकआपसमा खुशी साटासाट र सदभावका लागि खेलीने भएकाले यसमा कसैको इच्छा विपरित रङ छ्याप्ने, जथाभावी लोला हान्ने, हिलो, फोहोर पानी फ्याक्ने, अण्डा गोलभेडा हान्ने आदि अमर्यादित कार्य नगर्न सबैलाई अनुरोध गरेको छ ।

dd