तुलसीपुर, ५ चैत । मेरो दुनिया वेग्लै, चट्ट सलाम, पिच रोड लगायतका लोकप्रिय गीत गाएका ट्रेन्डिङ्ग गायक समिर आचार्यले नेपालमा हुने एवार्डमा सिन्डिकेट लागु भएका कारण सही प्रतिभाले एवार्ड पाउन नसकेको वताएका छन् ।

samir‘कहिल्यै नसुनिएका गीतले पनि अवार्ड पाएका छन् अनि कसरी अवार्ड निष्पक्ष हुन्छ भन्ने’ उनले भने । अवार्ड पाएर मात्रै लोकप्रिय वन्न नसकिने वताउँदै उनले फाराम भर्न लगाएर अवार्ड वितरण गरिने प्रणाली नै गलत भएको वताए ।

तुलसीपुरमा पत्रकारसँग वोल्दै आचार्यले नेपाली संंगीतको ट्रेन हरेक दिन परिवर्तन हुँदै गएकाले चुनौति थपिएको पनि वताए । हरेक गीतमा नयाँ प्रयोग गर्न रुचाउने आचार्यको पछिल्लो ‘सानुमा सानु’ गीत निकै लोकप्रिय मानिन्छ ।

युट्युब मात्रै आर्थिक उपार्जनको माध्यम भएको वताउँदै आचार्यले पछिल्लो समय विभिन्न महोत्सवका कारण कलाकारका लागि अवसर सृजना भएको वताए ।

अष्टे«लियामा रहेर पनि संगीतमा क्रियाशिल रहेका गायक आचार्यले नेपालमै रहेर संगितमा केही नयाँ गर्ने सोच रहेको समेत वताए । राम्रो गीतका लागि लगानी गर्नेहरुको कमी नरहेको वताउँदै आचार्यले आगामी महिना नेपाली संगीतको क्षेत्रमा आफुले मेगा प्रोजेक्ट रिजिल गर्ने वताए ।