सल्यान, ५ चैत । होलि पर्वको अवसरमा सल्यानको कपुरकोट बजार सरसफाइ गरिएको छ ।
बजार ब्यवस्थापन तथा सरसफाइ समितिको अगुवाइमा वित्तिय संस्था, प्रहरी, ब्यापारी, ब्यावसायी, युवाहरु लगायतले मंगलबार कर्णाली प्रदेशको प्रवेशद्धारको रुपमा रहेको कपुरकोट बजार सरसफाइ गरेका हुन् ।











