जनकपुर, ४ चैत । सिके राउतको पार्टीको नाम परिवर्तन गर्दै नयाँ पार्टीको नाम (स्वतन्त्र मधेस गठबन्धन) राखेका छन् ।
सिरहाको लहानमा दुई दिनसम्म चलेको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सीके राउत अध्यक्ष रहनेगरी नयाँ पार्टी खोल्ने निर्णय गरेको हो ।
पार्टीको चुनाव चिह्न अष्टदल राख्ने निर्णय पनि बैठकले गरेको छ । ३५ केन्द्रीय सदस्य रहने निर्णय पनि गरेको बताइएको छ ।











