रोल्पा, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आफ्नो पार्टी जिल्ला कमिटी सदस्य तथा दलित राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य टिकाराम परियार, पार्टीका जिल्ला कमिटी सदस्य तथा दलित राष्ट्रिय मुक्तिमोर्चा रोल्पाका पूर्व अध्यक्ष लालबहादुर सुनारलाई सोमवारआफ्नो नीजि काममा व्यस्त भइरहेको बेला प्रहरीले विनाकारण अपहरण शैलीमा गिरफ्तार गरेको जनाएको छ ।

netra bikram chanda biplabनेपाल कम्युनिष्ट पार्टी रोल्पाका सेक्रेटरी प्रयासले सोमबार एक विज्ञप्ती जारी प्रहरीले जिल्लाका नेताकार्यकर्तालाई विनाकारण गिरफ्तारी गर्ने, नेताकार्यकर्ताको घरमा खानतलासी गर्ने, परिवारका सदस्यलाई आतकं सृजना गर्ने र शान्तिपूर्ण कार्यक्रममा दमन गर्ने घटनाहरु श्रृङ्खला नै रहेको जानकारी गराएका छन् ।

केही दिन अघि मात्र पार्टी राप्ती ब्यूरो इन्चार्ज सुवासको भावाङमा रहेको घरमा खानतलासी गर्ने र परिवारका सदस्यलाई आतकं सिर्जना गर्ने र रोमियो अप्रेसन र दार्बोट अप्रेसनको झझल्को दिने हर्कत भएको, जागृति, विश्लेषण, बिजुली, दिनेश चन्द लगायतको घरमा खानतलासी गरेर परिवारका सदस्यहरुलाई मनोवैज्ञानिक रुपमा चोटको सिकार बनाएको, र बाच्छे लगायत कयौं ठाउँमा जनतालाई कुटपिट गरेको, होलेरीमा विद्यार्थीको सम्मेलनलाई भाड्ने काम भएकोे विज्ञप्तीमा उल्लेख गरिएको छ ।