इन्द्रेणी संवाददाता
दाङ, २० फागुन । आज महाशिवरात्री पर्व । विभिन्न शिवालयहरुमा दर्शनार्थीहरुले शिवको पुजाआराधाना गरेर मनाइरहेका छन् । देशभरका शिवालयहरुमा दिनभरजसो दर्शनार्थीहरुको घुइचो रहेको छ ।

dharpaniयता दाङमा पनि शिवरात्रीको अवसरमा धारापानीस्थित पाण्डवेश्वर महादेवको मिन्दरमा मेला लागेको छ । मन्दिरमा मेला भर्ने र शिवको पूजाआरधाना गर्ने दर्शनार्थीहरुको घुइचो छ ।

मन्दिरमा दर्शन गर्नेहरुको र मेला भर्नेहरुका लागि मन्दिर व्यवस्थापन समितिले राम्रो व्यवस्था गरेको छ भने मनोरञ्जनका लागि परिषरमा संस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ ।

संस्कृतिक कार्यक्रम तीन दिनसम्म चल्ने बताइएको छ । मन्दिरमा दर्शनार्थीका लागि पुजाआजा गर्नका लागि राम्रो व्यवस्था गरिएको र मेलामा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था पनि कडा बनाइएको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए ।