काठमाडौँ, १९ फागुन । राष्ट्रियसभाको आजको बैठक विशेष कारणवश स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक फागुन २१ गते मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो ।

cabenetसभाको आजको सम्भावित कार्यसूचीमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित राहदानी विधेयक, २०७५ माथि सदनमा छलफल गरियोेस्’ भन्ने प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची थियो ।