इन्द्रेणी संवाददाता
दाङ, १९ फागुन । पाण्डवेश्वर महादेव मन्दिर धारापानीको बृहत विकास र आध्यात्मिक पर्या–पर्यटकीय केन्द्र स्थापनार्थ दाङको घोराहीस्थित पाण्डवेश्वर महादेव धाममा सञ्चालन भएको महायज्ञमा करीव पौने ४ करोड दान संकलन भएको छ ।
फागुन ११ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको महायज्ञमा पौने ४ करोड दान संकलन भएको र करीव साढे ५ लाखले अवलोकन गरेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।
महायज्ञ मूल आयोजक समितिका अध्यक्ष एवं पाण्डवेश्वर महादेव मिन्दर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीका अनुसार महायज्ञमा तुलादान, जग्गा दान, कवुलियत दान, गरी एक करोड रुपैयाँ दान संकलन भएको छ । महायज्ञमा विभिन्न व्यक्तिहरुले लाखौको दान दिएका थिए । महायज्ञमा प्रवचनवाचक दिनबन्दु पोख्रेलले कथा वाचन गरेका थिए ।











