दाङ, १८ फागुन । दाङको तुलसीपुरमा करीव डेढ करोडको लगानीमा व्यवस्थित अटोभिलेज निर्माण गरिएको छ ।

auto-villageतुलसीपुर उपमहानगरपालिका वडा नं. ६ र ९ मा करीव ४ विगाहमा निर्माण गरिएको अटोभिलेजको शनिवार उद्घाटन गरिएको छ ।
अटोभिलेजको उद्घाटन् तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरेका हुन् ।

अटोभिलेजको उद्घाटन गर्दै मेयर पाण्डेले ठूलो लगानीमा निर्माण गरिएको अटोभिलेजले यस क्षेत्रको अव्यवस्थित रुपमा रहेको वर्कशपहरुलाई थप व्यवस्थित गरेर लैजाने बताए । अटोभिलेजको निर्माणसँगै बसपार्कमा सञ्चालन हुँदै आएका अटोव्यवसायीहरुलाई त्यहाँ सारिएको छ ।