इन्द्रेणी संवाददाता
दाङ, २२ असार
सोमबार राती अविरल वर्षासँगै आएको पानी र हावाहुरीले दाङमा मकै खेतीमा नोक्सान गरेको छ ।makaiपुर्बबाट आएको हावाले जिल्लामा ७० प्रतिषत मकै खेतीमा नोक्सानि पु¥याको छ ।

कोसा हाल्ने तयारीमा रहेको मकै हावाले ढाल्दा किसानहरु चिन्तित भएका छन् ।

हावाको असर सबैभन्दा बढी जिल्लाको तुलसीपुर क्षेत्रमा देखिएको छ । खेती गर्ने मान्छे पाउन छाडेपछि खेत मासेर मकै रोप्दै आइएको दाङमा यसवर्ष २४ हजार ५ सय हेक्टर जमिनमा मकै खेती गरिएको थियो ।

मकै खेतीबाट करिब ४८ हजार मेट्रिक टन मकै उत्पादन हुने अपेक्षा गरिएकोमा हावाले मकै खेती ढालेर सखाप पारेपछि किसानहरु चिन्तित भएका छन् । उनीहरु पोलिखाने मकै समेत हावाले नबचाइदिएपछि कृषकहरु चिन्तित छन ।।