काठमाण्डौ, २२ असार
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भिर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।Dr-Shashank-Koirala-Admit
स्वास्थ्यमा समस्या भएपछि कोइराला बुधबार बिहान ओम अस्पताल भर्ना भएका थिए । कोइरालाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मंगलबार राति पिज्जा खाएपछि वान्ता गरेका उनलाई बिहान अस्पताल लगिएको थियो । अस्पतालका अनुसार कोइरालालाई अहिले भेन्टिलेटरमा राखिएको छ र, एन्टिवायोटिक पनि चलाइएको छ ।

व्लड प्रेसर अझै ९०÷६० छ भने मुटुको धड्कन प्रतिमिनेट १३० मापन गरिएको छ ।  कोइरालालाई निमोनिया भएको पाइएको समेत अस्पतालले जनाएको छ । ओम अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अहिले (कोइराला)को अवस्था गम्भिर तर स्थिर छ ।’।