सन्जीव शर्मा
असार २२, सल्यान । सल्यानमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ । सर्पको टोकाइबाट मर्मपरिकाँडा ६ कि १३ बर्षिया मिना कुमारी वि।क।को निधन भएको हो ।
मंगलबार विहान ४ बजे सर्पले टोकेपछि उपचारको लागि रुकुमको चौरजहारी लाँदै गर्दा स्वीकोट ४ शान्तीबजारमा बालिकाको निधन भएको हो । सुतिरहेको अवस्थामा सर्पले टोकेको र उपचारको लागि नजिकै अस्पताल नहुदा समस्या भएको बालिकाका बुवा गणेश वि।क।ले बताएका छन ।
सल्यानको उत्तर पश्चिममा पर्ने मर्मपरिकाँडा लगायताका दर्जन गा।वि।स।मा अस्पतालको समस्याका कारण विरामीले समयमा नै उपचार गर्न पाउदैनन ।