इन्द्रेणी संवाददाता 

तुलसीपुर, २२ असार ।  क्यानसर पिडित भई मृत्यू भएका तुलसीपुर २ गोटी खोला निबासी सुक बहादुर कुँवरको परिवारलाई सहयोग उठने क्रम जारी छ । क्यानसर रोगबाट पिडित भएका कुँवरको उपचार गर्ने क्रममा सबै सम्पति सकिएकाले लास दाहसंस्कार गर्न पनि मलामिले पैसा सहयोग गरेर घाटमा पु¥याएको भन्ने समाचार बुधबार इन्द्रेणी अनलाइन र राप्ती समाचारमा  प्रकाशित भएपछि सहयोग सहयोगी हातहरु उठेका हुन् ।
13570131_571144456406819_959849003_oबुधबार मात्रै ११ हजार १ सय ११ रुपैया सहयोग संकलन गरिएको छ । राप्ती माईनिङ् परिवारले रु २ हजार ५ सय , उमेश मज्गैया , गोरख ओली लगायतको टोलीले रु २ हजार पाँच सय , शुरेस हमालले रु २ हजार पाँच सय , राप्ती अञ्चल सार्बजानिक यातायात ब्यबसायी समितीले रु २ हजार पाँच सय , हेमन्त डाँगीले १ हजार एक सय ११ रुपैया सहयोग गरेका छन् । मंगलबार बिहान कँवरको मृत्यू भएको हो । उनकी २ कलिलो उमेरकी दुई छोरीले बाबुको किरिया गरेकी छिन् । उनीहरुको बस्ने घर समेत नभएकाले अहिले अर्केको घरमा बस्दै आएका छन् ।