धनिराम शर्मा (ऋतुविचार) को स्थलगत रिपोर्ट
तस्वीर :- दीपक रेग्मी शर्मा
पयार्, जल, कृषि र सांस्कृतिक पर्यटनको गन्तव्य बर्दिया आदिम थारु समुदायको बहुल क्षेत्र हो, राष्ट्रिय निकुन्ज समेत रहेको बर्दिया कृष्णसार जस्तो दुर्लभ वन्यजन्तु पाइने क्षेत्र पनि हो । समथर भूभाग विशाल वन जंगल अनि कृषिका उर्वर क्षेत्रको अन्नभण्डार बर्दिया पर्यटनका चार आयामले समृद्ध छ । नयाँ मुलुकले पनि चिनिने बर्दिया पश्चिम तराईका अन्य जिल्ला भन्दा कृषी पर्यटन र जलधारले निकै सपन्न छ । प्रस्तावित ५ नम्बर प्रदेशको पश्चिम दक्षिणमा पर्ने बर्दिया विशेष गरि राष्टिय निकुन्जससहित दुर्लभ कृष्णारको बासस्थानको कारण निकै आकर्षक छ । गुलरिया नगरपालिका वडा नम्बर २ मा सरकारले कृष्णसार संरक्षित क्षेत्र बनाएको छ, गुलरिया बजारदेखि ५ किलोमिटर पश्चिमतर्फ संरक्षित क्षेत्र पर्दछ ।

पर्या पर्यटनको उचित गन्तव्य बर्दिया राष्ट्रिय निकुन्ज वन्यजन्तु हात्ति, बाघ, एकसिंगे गैडा ४ सय ३८ प्रजातिका चराचुरुङ्गीहरुको अवलोकन मुख्य आकर्षण हुन्, २६ प्रजातिका घस्रिने जीवहरु र १ सय २१ प्रकारका माछा प्रजाति पाइन्छन् । बर्दिया राष्ट्रिय निकुन्जमा पुग्ने पर्यटकले हात्ती सफारी, जीप सफारी, पैदल जंगल अन्वेषण, नौका सयर(¥याफ्टिीङ) चुरे पर्वत यात्रा, बबइ र कर्णालीमा फिसिङ, क्याम्पिङ, थारु गाँउ यात्रा, चराअवलोकन। इत्यादी गर्ने छन् । बर्दिया राष्टिय निकुन्ज ९ सय ६८ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ, सरकारले सन १९८८ संरक्षणका लागि बर्दिया राष्टिय निकुन्ज बनाएको हो । निकुन्जमा बंगाली बाघ जंगली हात्ती, डल्फीन, गोही, जरायो, बाह्रसिगा, २ सय पचास प्रजातिका चराचुरुङ्गीको बसोबास हुने गर्दछ । पर्या पर्यटना रमाउन चाहाने पर्यटकका लागि निकुन्ज निकै लोभलाग्दो छ ।सदरमुकाम देखि पश्चिम सानो श्री ताराताल नगरपालिका, ढोढरी गाविस,ववइ नगरपालिका र हाइवेबाट आम्वासाबाट दक्षिण पश्चिम तिर ठाकुरद्धारा गाविसमा पर्दछ । त्यहाँ पुग्न सदरमुकाम देखि करिब ५५ किलोमिटरको सडक दुरी पार गर्नुपर्दछ ।
गुलरिया नगरपालिकामा अवस्थित कृष्णसार संरक्षण क्षेत्र पर्यटकको अर्काे र महत्वपूर्ण आकर्षण हो । विश्वका दुर्लभ वन्यजन्तु कृष्णसार यतिबेला संकटमा परेको छ, यद्यपी राज्यले संरक्षणको नीतिका कारण सुरक्षित हुदै छन् । बर्दिया पुग्ने जो कोहीले अवलोकन गर्न नछुटाउने कृष्णसार संरक्षित क्षेत्र एक हो ।
थारु बहुल क्षेत्र बर्दिया थारु संस्कृति जीवन प्रणाली, थारु उद्यम, संगीत कला भाषा उत्पादनले निकै अब्बल मानिन्छ, थारु संस्कृति नेपालको पर्यटनको एक महत्वपूर्ण आयाम हो । देशकै सबै भन्दा बढी थारुहरुको बसोबास रहेको बर्दिया ग्रामीण पर्यटनको बेजोड संभावना छ, त्यही कुरालाई मनन् गरि होमस्टे संचालन गरिएको छ, सूर्यपटुवा गाविसको डल्लामा होमस्टे संचालन भएपछि स्वदेशी तथा विदेशी पाहुनाले धेरै रात बिताउने गरेका छन् । ग्रामीण पर्यटनको कारण स्थानीय समुदायको जीवन सुधारमा सहयोग मिलेको स्थानीय बताँउछन् ।
(बर्दियाका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु ः– कृष्णसार सरक्षित क्षेत्र ,बर्दिया राष्ट्रिय निकुञ्ज, कोठियाघाट गेरुवा पुल नेपालको सवैभन्दा लामो पुल डेढ किलोमिटर,डल्ला गाउ होम स्टे सुर्यपटुवा गाविसमा पर्ने, ववइ नदिको पुल जसलाइ ववइ भ्याली पनि भन्ने गरिन्छ,यहाँ घडियाल गोहि अवलोकन गर्न पाइन्छ । राजापुर कृषी पर्यटन क्षेत्र, जो देशकै अनौठो छ, कृषी उर्वरमा निकै अब्ब्लमा पर्दछ, कर्णालीको भंगालोले घेरिएको मनोरम क्षेत्र । बढैया ताल माछाको पकेट क्षेत्र तथा बर्दियाको सवै भन्दा ठुलो ताल र कर्णाली पुल एउटा पिल्लर द्धारा निर्माण गरिएकाले बर्दिया पर्यटकीय सम्पदाले वैभव छ । )
जलपर्यटनमा पनि बर्दिया अब्बल मानिन्छ, चिसापानी कर्णाली नदी र बबै नदी जल पर्यटनका गतिला गन्तव्य हुन्, सांस्कृतिक पर्यटनमा पनि बर्दिया अब्बल छ, कुल जनसंख्याको ५२ प्रतिशत थारु समुदायको बसोबास रहेको बर्दिया सांस्कृतिक पर्यटनको पनि उचित गन्तव्य हो । सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न डल्ला जस्ता गाँउमा होमस्टे संचालन गरिएको छ, डल्ला देशका उत्कृष्ट होमस्टेहरुको सुचिमा पर्दछ ।
नेपालगंजबाट ३५ किलोमिटर सडक दुरी पार गरे सदरमुकाम गुलरिया पुग्न सकिन्छ, स्तरउन्नती गरिएको सिंगल सडकले नेपालगंज र बर्दियालाई जोडिएपनि अधिकांश सडक संजाल कच्ची नै छन् , पूर्वपश्चिम राजमार्ग बाहेक अन्य सडक स्तरउन्नती हुन सकेका छैनन् । बर्दियाको पर्यटन प्रवद्र्धनका लागि केही पहल भएपनि पर्याप्त नभएको स्थानीयहरु बताँउछन् । थरुबहुल क्षेत्र बर्दियामा सवा ४ लाख मानिसहरुको बसोबास रहेकोछ, समुद्र सतहदेखि २ सय १८ मीटर अग्लो भूभाग बर्दिया विशाल मैदानी कृषि क्षेत्र हो । चुरे पहाडको फेँदीमा अवस्थित बर्दिया कृषी भण्डार मात्र नभएर थारु संस्कृतिको पनि भण्डार हो ।
