घोराही, ६ फागुन । दाङको घोराहीमा जारी लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिता अन्तर्गत राप्ती युबा क्लब बिजयी भएको छ । आइतवार भएको पहिलो खेलमा राप्ती इञ्जीनियरिङ कलेजलाई ५—० गोल अन्तरले बिजयी भएको हो ।
राप्ती क्लबका तर्फबाट आशिष पुनले ३ गोल गरे भने मिलन पुनले २ गोल गरे । यस्तै दोस्रो खेलमा नवजागरण युवा क्लबले नेपाल मगर संघ घोराहीलाई ५—३ गोल अन्तरले हराएको छ ।











