दाङ, ३ फागुन । घोराहीमा सुरु भएको लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताको दोस्रो दिन शुक्रवार विहान भएको खेलमा एसएसएफए तुलसीपुरले बिजयी भएकोे छ ।
प्रतियोगिताको दोस्रो दिन भएको पद्मोदय मावि घोराहीलाई ३—१ गोल अन्तरले एसएसएफए बिजयी भएको हो । खेलको पहिलो हाफको २४ औँ मिनेटमा एसएसएफएका मनिष भण्डारीले गोल गर्दै अग्रता गराए पनि ३६ औँ मिनेटमा पद्मोदयका रुपेश बाठा मगरले गोल गर्दै बराबरीमा ल्याएका थिए ।
खेलको दोस्रो हाफको ३७ औँ मिनेटमा एसएसएफएका निशान डाँगीले थप एक गोल गर्दै अग्रता गराएका थिए । निकै उत्कृष्ट खेलको अन्तिम समयमा एसएसएफएका प्रकाश न्यौपानेले थप एक गोल गर्दै जित सुनिश्चित गरेका थिए ।











