हुम्ला, ३ फागुन । हुम्लामा बाक्लो हिमपात भएको छ । विहीबार साँझ देखि जिल्लाका विभिन्न स्थानमा वाक्लो हिमपात भएको हो ।
हिउपात सुरु भए सगै राती तापक्रम माईनस १७ डिग्रीसम्म पुगेको थियो ।

humlaजसले गर्दा चिसो पनि अत्याधिक बढेको छ । पानीका धारामा पानी जमेको छ । बजारमा मानिसको आउजाउ बिहान सात बजेसम्म सुनसान छ । सिमकोट बजार बन्द जस्तै देखिएको छ ।

हिमपातसंगै बाक्लो कुहिरो लागेपछि अन्धकार जस्तो देखिएको छ । जमिनमा करिब आधा फिट हिउँ जमेको छ । अहिले पनि हिउँ पर्ने क्रम जारी छ । रात भरि बाक्लो हिउँ परेकोे हुँदा यसबाट सचेत रहन सुरक्षा निकायहरुले सबै नागरिकलाई आग्रह गरेको छ ।

उत्तरी हुम्लामा अझै बाक्लो हिमपात भएको छ । यो हिमपात शनिबारसम्म पर्ने वेयदर डटकमहरुले देखाएका छन् । अघिल्लो हिउँ नपग्लेको अवस्थामा पुनस् हुम्ला सेताम्मे देखिएको छ । यस वर्ष हुम्लामा आठौं हिमपात हो ।