तुलसीपुर, १ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ वालापुरमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
कोहलपुर मेडिकल कलेजको प्राविधिक सहयोग र तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ को आयोजनामा फागुन १ गते हुने शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सचिन ढुँगेल, कन्सल्टेन्ट फिजिसियन डा. प्रवेश पन्त, पोषण विज्ञ डा. गीता शाह र सर्जु बराल, मानसिक रोग विशेषज्ञ डा. रितु पौड्याल,डा. श्रीधर खड्का लगायतको सहभागिता रहने वडाध्यक्ष राजु आचार्यले जानकारी दिए ।
उनले जनतालाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको वताए । बालापुर स्कुलमा विहान १० वजेदेखि सुरु हुने शिविरमा उपस्थितिका लागि वडाध्यक्ष आचार्यले सबैलाई अनुरोध गरेका छन् । उनले शिविरका क्रममा निशुल्क औषधि वितरण गरिने समेत जानकारी दिए ।











