इन्द्रेणी संवाददाता
दाङ, १ फागुन । नेपालको गणतन्त्र स्थापनामा दश वर्षे जनयुद्धको महत्वपूर्ण रहेको वक्ताहरुले बताएका छन् ।

51765531_295497944447774_8209862606580613120_n२४ औं महान जनयुद्ध दिवसको अवसरमा नेकपा दाङले आज घोराहीमा आयोजना गरेको ‘नेपालको राजनीतिक परिवर्तनमा जनुद्धको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको राजनीति परिवर्तनमा जनयुद्धको योगदान कसैले भुल्न नहुनेमा जोड दिए ।
तत्कालिन नेकपा माओवादीले थालनी गरेको दश वर्षे जनयुद्धको जगबाटै नेपाली राजनीतिमा उथलपुथल भएको र जनयुद्ध र नेपालमा लोकतान्त्रिक गणतन्त्र चाहाने राजनीतिक दलहरुको सहकार्यमा २०६२÷६३ मा भएको जनाआन्दोलनबाट गणतन्त्र स्थापना भएको वक्ताहरुको भनाइ थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा प्रदेश नं. ५ का सचिव जगप्रसाद शर्मा ‘अपार’ ले दश वर्षे महान जनयुद्धको जगमा नेपालमा गणतन्त्रको स्थापना भएको भन्दै लोकतान्त्रिक गणतान्त्रिक नेपालमा जनयुद्ध एउटा कडीको रुपमा रहेको बताए ।

कार्यदलका सदस्य टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले विषय प्रवेश गराएका थिए । सो अवसरमा केन्द्रीय सदस्य नरुलाल चौधरी, नेताहरु सम्भु गौतम, शोभााराम वस्नेत, नरबहादुर अधिकारी, दामा शर्मा, नारायणी शर्मा, मेनका पोख्रेल, शिवकुमार आचार्य, इन्द्रजीत चौधरीलगायतले आफ्ना विचार राखेका थिए ।