इन्द्रेणी संवाददाता
दाङ, २८ माघ । बालिका अपहरण गरेको अरोपमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

IMG_20190211_161305साविक राँचुली गाबिस ४ कालीकोट घर भई हाल घोराही उपमहानगरपालिका १४ कपासी स्थित डेरा गरी बस्ने बर्ष २२ की अस्मिता शाहीको छोरी वर्ष ३ की वालिकालाई अपहरण गरेको आरोपमा ढिकपुर बस्ने बर्ष २८ को प्रयास चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

अपहरणमा परेकी बालिकालाई आज नै प्रहरीले रतनपुर चोकबाट सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ । चौधरीलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।