दाङ,२६ माघ । प्लाष्ट्रिक व्यावसायी उपसमिति घोराहीको प्रथम साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमम समितीका अध्यक्ष ओमप्रकाश पोख्रेलको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको प्रमुख आथित्यतामा भएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी भुसालले राज्यले विभिन्न नाममा व्यवसायीहरुको ढाड सेक्ने काम गरी रहेको बताए । यस प्रकारको कार्य वन्द हुनु पर्ने बताए । व्यवसायीहरुलाई व्यवसाय गर्ने वातावरण निर्माण गर्ने बातावरण निर्माण गर्ने तर्फ राज्य लाग्नु पर्ने उनको भनाइ रहेको थियो ।











