दाङ, २४ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघले बैंक तथा वित्तिय संस्थाहरुबाट एकतर्फी रुपले ऋणको व्याज दरमा गरेको अत्याधिक बृद्धि फिर्ता लिन माग गरेको छ ।

nepali-note1संघका अध्यक्ष नारायणप्रसाद भुसाल र महासचिव नरेश कार्कीले आज एक विज्ञप्ती जारी बैंक तथा वित्तिय संस्थाहरु वाट एक तर्फि रुपले ऋणको व्याज दरमा गरेको अत्याधिक बृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै फिर्ता लिन समाग गरेका हुन् ।

बैंक तथा वित्तिय संस्थाहरुको यस प्रकारको कार्यले राज्यले अपेक्षा गरेको आर्थिक वृद्धि दर पनि हासिल गर्न नसक्ने भएकाले बैंक तथा वित्तिय संस्थाहरुले एकतर्फी रुपले ब्याज दरमा गरेको बृद्धिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाददै तत्काल ब्याजदर कम गर्न नेपाल सरकार, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंक समक्ष जोडदार माग गरेका छन् ।