इन्द्रेणी संवाददाता
घोराही, २१ माघ । घोराही खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि प्रगतिशील प्यानलको उम्मेदवार सार्वजनिक गरिएको छ । गणेशप्रसाद श्रेष्ठको नेतृत्वमा प्रगतिशिल प्यानल सार्वजनिक गरिएको हो ।

FB_IMG_1549205004335भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन परिचालन कमिटीले उपाध्यक्षमा मधुसुदन आचार्य, सचिवमा निर्मल गौतम र कोषाध्यक्षमा नरबहादुर बुढाथोकी हुनुहुन्छ । यसैगरी सदस्यहरुमा दुर्गा खत्री, दिलिप खनाल, प्रेम पुन, भुमा चौधरी विष्णु कालाथोकी छन् ।

निर्वाचन परिचालन समितिका संयोजक राममणि पाण्डेको अध्यक्षता एवं नेकपाका जिल्ला कार्यदल सदस्य सुवास पुन, नेकपाका नेता सुरामणि बेल्वासे लगायतको उपस्थितिमा भएको कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार गणेशप्रसाद श्रेष्ठले नगरवासीलाई स्वच्छ, सुलभ खानेपानी उपलव्ध गराउने र संस्थामा भइरहेको चुहावट रोकेर उपभोक्ताको हितमा काम गर्न प्रगतिशिल प्यानलको उम्मेदवारी रहेको बताए ।