दीपबहादुर घर्ती
जाजरकोट, २४ चैत ।
जाजरकोटको सदरमुकाम नजिकैमा रहेको एक वन उपझोक्ता समुहले जंगलको साल काठ निकासी गरेको खुलासा भएको छ । दैनिक जंगल विनास हुदै गएपछि समुहले साल काठ निकासी गरेको खुलासा भएको हो । भेरी मालिका नगरपालीका वडानं. ११ बाहुँनगाउँमा रहेकोे जगतिपुर सामुदायिक वन उपभोक्ता समुहले सामुदायिक वनमा रहेको साल काँठ विक्रि वितरण गर्ने गरेको स्थानीय उपभोक्ताको आरोप छ ।
उक्त समुहले सामुदायिक वन भित्र पर्ने छहरीखोला, ईभरखोला, टुनी लगाएतका वनवाट सालको काठ खलंगा, कुदू, रुकुमको चौरजहारी लगाएतका ठाउँहरुमा वन ऐन विपरित विक्री वितरण गरी पैसा हिनामिना गरेको वामेश्वर देवकोटाले वताउनुभयो । २०६५ साल देखी समुहमा हस्तान्तरण भएको सामुदायिक वनको आम्दानी र खर्च हाल सार्वजनिक नगरेको देवकोटाको भनाई छ ।
उहााका अनुसार २०६५ साल देखी हाल सम्म समुहमा ४ पटक समिति फेरवदल भईसकेको छ तर सार्वजनिक लेखा परिक्षण भने एक पटक पनि हुन सकिरहेको छैन् । समुह समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको मिलेमतोमा सामुदायिक वनको वजेटमा सधै भ्रष्टाचार हुने गरेको स्थानिय भरत प्रशाद शर्माको भनाई छ । अमृत लुहार अध्यक्ष रहेको पालामा कोषाध्यक्ष रहेका हालका अध्यक्ष गणेश प्रशाद शर्माले पहिले देखीनै सामुदायिक वनको पैसामा निकै ठुलो चलखेल गर्दै आएको वशन्त प्रशाद आचार्यलाई उद्धृत गर्दै ईमाश्वर देवकोटाले वताउनुभयो ।
उहाँका अनुसार अध्यक्ष गणेश प्रशाद आचार्यले गत २०६६ सालकै सामुदायिक वन उपभोक्ता समुहको एक लाख ६० हजार वक्यौता वुझाउन बाँकी रहेको छ ।अघिल्लो कार्यकालमा के भयो त्यो कुरा आफुलाई थाहा नभएको तर आफ्नो पालाको सवै हिसाव किताव आफुसंग प्रस्टै भएको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गणेश प्रशाद आचार्यको भनाई छ । वन नियम विपरित काम गरी जंगल नष्ट गर्ने र आर्थिक आम्दानीलाई निर्देशिका विपरित खर्च गरेको पाईएमा वन नियम अनुसार नै समितिलाई कारवाही गर्ने जिल्ला वन कार्यालयले जनाएको छ ।।