काठमाण्डौ, २४ चैत्र
नेपाली काग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर दउवा निर्वाचित हुनुभएको छ । आज भएको संसदीय दलको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भारी मतले हराउँदै देउवा संसदीय दलको नेता बन्नु भएको हो ।
चुनाबमा देउवाले १ सय ३९ मत पाउनु भयो भने पौडेलले ६७ मत प्राप्त गर्नुभएको छ । यसअघि सभापतिमा पनि पौडेल देउवासंग पराजित हुनुभएको थियो ।
कांग्रेसमा २ सय ७ सांसद रहेका छन् । विजयी भएपछि सभापति तथा दलका नेता देउवाले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिक्रिया दिनुभएको छ ।।
