काठमाडौं । एक युवाले नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएका महिला ट्राफिक प्रहरीमाथि हातपात गरेका छन् । ती महिला प्रहरीले ती युवा (पैदलयात्री) लाई आकाशे पुल प्रयोग गर्न भनेपछि युवाले आफूमाथि हातपात गरेको महिला प्रहरीले बताएकी छन् ।

महिला प्रहरीमाथि हातपात हुन थालेपछि ड्युटीमा रहेका अरु पुरुष प्रहरीले ती युवालाई नियन्त्रणमा लिएको सार्वजनिक भिडियोमा देखिन्छ ।

प्रहरीमाथि हातपात गर्ने युवा भने जुम्लाका २७ वर्षीय राज कठायत भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताएका छन् । कठायतलाई पक्राउ गरेर प्रहरी वृत्त नयाँ बानेश्वरमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।