सल्यान, १९ माघ । कपुरकोट गाउँपालिकाको ६ नम्बर वडामा निर्माण गरिएका मोटर बाटो मापदण्ड अनुसार नभएको पाइएको छ ।

51149378_805884326425206_7822197711687385088_oगाउँपालिका स्तरीय अनुगमन टोलीले गरेको अनुगमनको क्रममा कपुरकोट गाउँपालिकाले बनाएको मापदण्ड अनुसार चौडाइ नपुगेको पाइएको इञ्जिनियर भुपेन्द्र यरीले जानकारी दिए ।

अनुगमन समितिका संयोजक तिलाबुढा मगरको संयोजकत्वमा रहेको अनुगमन समितिले कपुरकोट ६ मा निर्माण गरिएका जलवाङ घोयलडााडा सिस्ने खोला मोटरबाटो निर्माण योजना, काफलबोट डााडागाउँ मोटरबाटो मर्मत योजना, भिंगारे धाराबोट सातामुल मोटरबाटो निर्माण योजना र रीम छायाानाथ मोटरबाटो मर्मत योजनाको अनुगमन गरेको थियो ।