काठमाडौं, १८ माघ । सरकारले विभिन्न समयमा मृत्युवरण गरेका दुई हजार आठ सय सातजना राष्ट्रसेवकलाई सहिद घोषणा गरेको छ ।

sahidसोमबार बसेको मन्त्रिपरिषद् बैठकले विगतका जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४८, सशस्त्र प्रहरी बलका तीन सय १८ र राष्ट्रिय अनुसन्धान विभागका २३ जनालाई सहिद घोषणा गरेको हो ।

मन्त्रिपरिषद् बैठकले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई ‘मर्ज’ गरेर आपूर्तिसम्बन्धी काम गर्ने व्यवस्थाका लागि उपयुक्त नामसहित छुट्टै कम्पनीमा रूपान्तरण गर्न आवश्यक प्रक्रिया अघि बढाउन सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बताए ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद्मा पेस गर्ने स्वीकृति पनि मन्त्रिपरिषद्ले दिएको छ नयाँ पत्रिकामा खबर छ। राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ संशोधन गर्ने निर्णय गरिएको छ । पर्साको ठोरी गाउँपालिका केन्द्र र बोगटान गाउँपालिकाको नाम परिवर्तन गरिएको छ ।