दाङ, १८ माघ । घोराही उपमहानगरपालिका वडा नं. १४ झिगौरामा तीन महिने सिलाई कटाई तालिमको सुरु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले तालिमको उद्घाट गरेका थिए ।

50936365_294114481305133_5733202838129999872_nघोराही उपमहानगरपालिका वडा नं. १४ को सहयोगमा संचालित तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष डाँगीले विधिमा रहेर काम गर्न आग्रह गरे ।

तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष डाँगीले तालिममा आफ्नो सिप प्रर्दशन प्रशिक्षार्थीलाई आग्रह गरे ।
तीन महिनाको सिप व्यवहारमा लागु गर्न आग्रह गर्दै सिप सिकेरले परिवारको पालन पोषण र छोरा–छोरीको पठन पाठनमा सहयोग पुग्ने उनले बताए ।