दाङ, १५ माघ । दाङ निर्माण व्यवसायी संघको अध्यक्षमा ईश्वरीबहादुर पुन निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा उनी ६१ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्धन्दी सुरजप्रसाद गुप्ताले ५७ मत प्राप्त गरेका थिए भने अर्का अध्यक्षका उम्मेदवार बलबहादुर चपाईले ८ मत ल्याएका थिए ।
त्यस्तै वरिष्ट उपाध्यक्षमा ६४ मत ल्याएर पदमराज शर्मा निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा सुरेशप्रसाद पोख्रेल, द्धितीय उपाध्यक्षमा मीनबहादुर घर्ती, महासचिवमा अशोकबहादुर रोका, कोषाध्यक्षमा शुदर्शन श्रेष्ठ, सचिवमा रमेशकुमार केसी, सहकोषाध्यक्षमा निरजकुमार कार्की निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा प्रकाश केसी, हरिमाया खत्री, रोहित न्यौपाने, बसन्त कुँवर, लक्ष्मण बुढा, मदनकुमार आचार्य, शंकरराज गौतम र भक्तबहादुर बुढा निर्वाचित भएका छन् ।











