इन्द्रेणी संवाददाता
दाङ, ५ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको मूख्य आयोजनामा माघ १० गतेदेखि २० गतेसम्म घोराहीमा सञ्चालन हुने ५ नम्बर प्रदेशस्तरीय प्रथम पोल्टी महोत्सव तथा प्रदर्शनी– २०७५ को तयारीलाई तीब्र पारिएको छ । सोही क्रममा शनिवार दाङ जिल्ला उद्योग वाणिज्य संघअन्तर्गतका वस्तुगत समितिहरुसँग छलफल गरिएको छ ।
छलफलबाट महोत्सवको पहिलो दिन शोभायात्रामा सबै वस्तुगत समितिले आ–आफ्नो व्यानरसहित उत्साहपूर्वक सहभागीता जनाउने निर्णय भएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीका अध्यक्ष निबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष, गल्लाल तथा किसाना व्यवसायी सििमत, स्वास्थ्य व्यवसायी समिति, भाँडा व्यवसायी समिति, प्लाष्टिक व्यवसायी समिति, डेरी व्यवसायी समिति, उद्यामी महिला समूहलगायतका प्रमुख तथा प्रतिनिधिको सहभागीता थियो ।
यसैबीच महोत्सवलाई व्यवस्थित बनाउनका लागि सुरक्षा तथा स्वयमसेवक उपसमिति पनि गठन गरिएको छ । जसको संयोजकमा समिर केसी, सहसंयोजकमा अनिता केसी र उर्मिला वस्नेत, सल्लाहकारहरुमा छविनारायण गिरी र मिनराज भाट रहेका छन् । त्यस्तै सदस्यहरुमा अविनाष पुन, पञ्कज घले, महान वुढा, सुनिल रोका मगर, गिरिराज पुन, विवेक केसी, कविता घले, निशा पुन, राधा रोका, टिकाराम थापा र मिनी पुन रहेका छन् ।
घोराहीको कृषि समाग्री कम्पनीको प्रागंणमा लाग्ने महोत्सवमा पोल्ट्रीजन्य सामग्रीका ८० देखि १ सय स्टल रहनेछन् । महोत्सव अवधिभर करीव २ लाख दर्शकले महोत्सव अवलोकन गर्ने र २ करोड बराबरको आर्थिक कारोवार हुने आयोजकको अपेक्षा छ ।











