दाङ, ५ माघ । दाङको विभिन्न स्थानमा बसोबास गर्ने सार्की समुदायको घोराहीमा भएको भेलाले नेपाल सार्की समाज दाङ गठन गरेको छ । देवकुमार नेपालीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
समाजको उपाध्यक्षमा संगीता धौलाकोटी, सचिवमा सुभाष नेपाली, सहसचिवमा सन्तोष नेपाली, कोषाध्यक्षमा खविलाल नेपाली चयन भएका छन् । यस्तै भेलाले कार्यसमितिको सदस्यहरुमा मानबहादुर नेपाली, मित्रलाल नेपाली, बेलमती नेपाली, गोमा नेपाली, मोहन नेपाली, प्रदिप नेपाली, प्रकाश नेपाली र जीतबहादुर नेपाली चयन भएका छन् ।
दलित समुदायको एउटा अभिन्न अंगको रुपमा रहेको सार्की समुदायलाई एकताबद्ध बनाउँदै लैजाने उदेश्यले गठन गरिएको समाजले आगामी दिनहरुमा सचेतना मुलक कार्य गर्ने, समुदायको पहिचानको खोजी र संरक्षण गर्ने अध्यक्ष नेपालीले बताए ।
देवकुमार नेपालीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष भिमबहादुर सार्कीको प्रमुख आतिथ्यतामा भेला भएको हो । कार्यक्रममा वडा नंं ५ का सदस्य डिल्लीबहादुर चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का दलित महिला सदस्य संगीता धौलाकोटी, अभिवक्ता गोपाल नेपाली, पत्रकार नवीन अभिलाषी, शिक्षक वलवीर नेपाली र टंक नेपाली लगायले आफ्ना विचार राखेका थिए ।











